बुटवल । रुपन्देहीमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ११५५ जनाको कोरोना परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ८८ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, सैनामैना नगरपालिकामा २१ जना, देवदह नगरपालिकामा ३७ जना, सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, सियारीमा १४ जना, रोहिणीमा १३ जना, शुद्धोधनामा १ जना र लुम्बिनी सांस्कृतिकमा ९ जना, मर्चवारीमा २ जना, मायादेवी, कञ्चन, सम्मरीमाई र कोटहीमाईमा ३/३ जना संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ८४४ पुगेको छ । हाल जिल्लामा ३ हजार ८११ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २१ हजार ६३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३९८ पुगेको छ ।









