गगन थापाले दिए चीन सरकारलाई धन्यवाद

प्रकाशित मिति:

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले चिनियाँ सरकारलाई धन्यवाद दिएका छन् । नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनले दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेपछि नेता थापाले राजदूत यान्छीलाई उल्लेख गर्दै चीन सरकारलाई बधाई दिएका हुन् । थापाले आफूहरु खोपका लागि छटपटाई रहेको बेला चीन सरकारले दश लाख डोज खोप उपलब्ध गराउने कुराले ठूलो राहत दिएको पनि उल्लेख गरेका छन् ।

छन्(“।.@PRCAmbNepal  हामी खोपको लागि छ्टपटाइ रहेको बेला चीन सरकारले१०लाख डोज खोप उपलब्ध गराउने कुराले हामीलाई ठूलो राहत दिएको छ।यो सहयोगका लागि चीन सरकारलाई धेरै धन्यवाद आगामी दिनमा यस्तो सहयोग बढ्दै जानेछ र त्यहाँ बाट खोप खरिद गर्न समेत आवश्यक सहयोग हुनेछ भन्ने विश्वास लिएका छौं।”