बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधीमा १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।









