निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिवेदन पेस गरेको छ ।
नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम यही जेठ ६ गते वाग्मती प्रदेशअन्तर्गतको उपनिर्वाचन भएको थियो ।उक्त उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै डा। खिमलाल देवकोटा विजयी भएका थिए ।
उक्त उपनिर्वाचनको परिणाम प्रतिवेदन प्राप्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।








