प्रतापपुर गाउँपालिकालाई ४ लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्त्रण

प्रकाशित मिति:

प्रकाश न्यौपाने

जेष्ठ १३ गते

नवलपरासी ।

प्रतापपुर गाउँपालिकालाई चार लाख भन्दा बढिको कोभिट विरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्रि इन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष विक्रम खनालद्धारा पालिका प्रमुख अञ्जु कुमारी चौधरीलाई हस्तान्त्रण गर्नु भयो ।

कोरोना भाइरसको दोस्रो भेरीयन्टको प्रभाव बढिरहेको वेला भाइरसका विरुद्धमा प्रयोग हुने महत्वपुणर् स्वास्थ्य सामाग्रिहरु पिपिइ सेट, स्टेचर, माक्स, सेनिटाइजर, ग्लप्स, र्थमल गन, अक्सिमिटर लगायतका सामाग्रिहरु हस्तान्त्रण गरीएको खनालले बताउनु भयो । कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्रिहरुले फ्रन्ट लाइनमा कार्य गर्ने व्यक्तिलाई अग्रपत्तिमा खटिन थप उत्साह थप्ने फलस्वरुप कोरोना संक्रमितलाई आत्मबल वढाउन ठुलो मद्धत पुग्ने खनालले बताउनु भयो ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा साझेदारीमा संस्था इन्द्रेणी सामाजिक विकास मञ्च र सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको थियो । इन्द्रेणी सामाजिक विकास मञ्चका, सचिव होमराज कुंवर, कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे र कार्यक्रममा युनाइटेड मिसन टु नेपालका टिम लिडर सबु तमा·, तेज गैरे, लगायतको उपस्थिति रहेको थियो ।