काठमाडौं-क्यालिफोर्नियामा यातायात कार्यालयका कर्मचारीले आफूसँगै काम गर्ने ८ साथीको गोली हानी ज्यान लिएका छन्।
बुधबार बिहान ६ बजे सान्टा क्लस भ्याली ट्रान्सपोर्टेसन अथोरिटीमा उनले आफ्ना साथीहरुमाथि गोली चलाएका हुन्। घटनापछि उनी आफैले आफूलाई गोली हानेको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ।सान्टा क्लस काउन्टी शेरिफ लौरी स्मिथले भने, ‘हाम्रा अधिकारीहरू घटनास्थलमा आइपुग्दा उनले गोली हानिसकेका थिए। पछि उसले आफ्नै ज्यान लिए।’
घटनास्थलमा विस्फोटक पदार्थ भेटिएको र त्यसलाई डिस्पोज गर्न टोली पठाइएको रोयटर्समा उल्लेख गरिएको छ।घटनापछि रेल सेवा स्थगित गरिएको छ।








