स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

प्रकाशित मिति:

काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्तो गैरजिम्मेवार कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको जनाएको हो ।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ मन्त्रालयले जानकारी गरेको विज्ञप्तीमा उल्लेख छ ।