काठमाडौं । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको राशनभत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि १५ प्रतिशत राशनभत्ता बढाउने घोषणा गरेका हुन् ।
केही समयअघि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता ३५ प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरेको थियो ।यसैगरी सरकारले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट ९बिओपी० को संख्या पनि थप गर्ने निणर्य गरेको छ ।
सीमा सुरक्षाका लागि आगामी वर्षभित्र सशस्त्रका १२० वटा बिओपी थप गरिने अर्थमन्त्री पौडेलले बताएका हुन् ।








