अर्घाखाँचीमा कोरोना जित्नेको संख्यामा वृद्धि हुँदै, पछिल्लो २४ घण्टामा १२४ जनाले कोरोना जिते
बुटवल । अर्घाखाँचीमा कोरोना जित्नेको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा १२४ जनाले कोरोना जितेका छन् ।
अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना जित्नेहरुमा सन्धिखर्क नगरपालिकाका ८५ जना, भुमिकास्थान नगरपालिकाका १० जना, शितगंगा नगरपालिका ६ जना, मालारानी गाउँपालिकाका ९ जना, पाणिनी गाउँपालिकाका ३ जना र छत्रदेव गाउँपालिकाका ९ जना रहेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या १३६१ पुगेको छ ।यस्तै, अर्घाखाँचीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १० जना, भुमिकास्थान नगरपालिकामा ४ जना, शितगंगा नगरपालिकामा ७ जना र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित थपिएको खनालले जानकारी दिए ।
यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २,०३५ पुगेको छ । हाल ६२१ जना उपचाररत छन् ।यस्तै, अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन् ।








