इराकविरुद्धको खेलका लागि सुरुवाती–११ सार्वजनिक, मनीष र गौतमको डेब्यु

प्रकाशित मिति:

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा मिडफिल्डर मनीष डाँगी र डिफेन्डर गौतम श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गर्दै छन् ।

नेपाल र इराकबीचको खेल नेपाली समयानुसार राति १०ः१५ बजे सुरु हुनेछ ।