आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १३ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मंसिर कृष्णपक्षको सप्तमी तिथि राति ९.५६ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र दिवा १०.२९ बजेसम्म रहनेछ । आज ऐन्द्र योग भद्रा करण रहेको छ । आज सूर्योदय ६.३६ मा छभएको छ भने सूर्यास्त बेलुका ५.६ बजे हुनेछ । आज चन्द्रमा कर्कट राशिमा छन् । आज सूर्य भगवानको उपासना शुभ रहनेछ ।












