बुटवल । वीपी स्टडी युथ सर्कल शुद्धोधन गाउँपालिकाले पालिका भित्रका १५ विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाले मारमा परेका वार्ड न.६ र ७ का १५ घर परिवारलाई खाद्यान्न प्रदान गरिएको सर्कलका पालिका अध्यक्ष प्रदीप चौधरीले जानकारी दिए ।
सो अवसरमा सर्कलका लुम्बिनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले कोरोना महामारी र निषेधाज्ञाले मारमा परेका परिवारलाई चुल्हो बाल्न थोरै भएपनि राहत मिल्ने बताए । उनले दिनहरुमा पनि यस्ता राहतका कार्यक्रमहरु निरन्तर चल्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ ख सभापति कृष्ण बहादुर बिष्ट, नेपाली कांग्रेस शुद्धोधनका सभापति शेर बहादुर काफ्ले, महासमिती प्रतिनिधि भरथरी यादव, नेपाली कांग्रेसकी नेतृ प्रेम कुमारी थारु चौधरी, काङ्ग्रेस नेता सोमनाथ शर्मा, सर्कलका लुम्बिनी प्रदेश उपाध्यक्ष पोषराज खनाल, शुद्धोधन सचिव नेत्रप्रसाद चालिसे, सदस्य आर्यन पोख्रेल लगाएतको उपस्थिती थियोे।









