अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा जीप दुर्घटना भएको छ । ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो । दुर्घटनामा परि जीप चालक भूमिकास्थान- ९ का अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।









