बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

प्रकाशित मिति:

लण्डन, १३ मङ्सिर । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् ।

कार्यालयले बेलायत आउने र बस्नेहरुको संख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ ।  बेलायत आउनेहरुमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरु धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।  चीन र भारत लगायतका देशहरुबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरुको संख्या पहिला भन्दा अहिले १० प्रतिशतले बृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ ।  (रासस÷सिन्ह्वा)