काँग्रेस सभापति देउवा नेपाल निवासमा

प्रकाशित मिति:

काठमाडौँ–प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।स्रोतका अनुसार केहीबेर अघि देउवा नेता नेपालको निवास पुगेका हुन्। देउवाका साथमा काँग्रेस नेता पूर्णबहादुर खड्का पनि पुगेका छन्।

सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले एक हुनुपर्ने दबाबमा परेका नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन्।संसद विघटनका विरुद्ध र वैकल्पिक सरकार पक्षमा नेपालले देउवालाई हालसम्म साथ दिएका छन्। तर उनको माग अनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि पार्टी एकताको चाहना पनि उनमा बढेर गएको छ।