नेपालमा थपिए २७४५ कोरोना संक्रमित, ४१८७ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप २७४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १६८१ र एन्टिजेन विधिबाट १०६४ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १२ हजार २०२ र एन्टिजेनबाट २२ हजार ४०३ जना पुगेको छ ।

यस्तै, आज थप ४ हजार १८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ । आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५०६ पुगेको छ ।