सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटियो [नामावलीसहित]

प्रकाशित मिति:

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मंगलबार साँझ हेलम्बु गाउँपालिकाबाट मेलम्ची नदीले बगाउँदा बेपत्ता भएका ७ जनाको शव बुधबार दिउँसो भेटिएको हो । शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ र उनकी श्रीमती छन् ।

यस्तै, एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इन्द्रावती नदीको किनारमा फेला परेको सो शवको पहिचान भने खुल्न सकेको छैन ।