झविन्द्र भण्डारी, बुटवल, मंसिर १५ ।
लानु सिन्दुर सिउदोमा भरेर
कहिले माया नमर्ने गरेर
आउदा जन्ति लगनका बज्दा पञ्चे बाजा
हे तिमि बेहुला म बेहुली बन्ने दिन
कस्तो होला त्यो दिनको झिलिमिली साझ
यि शब्द हुन भर्खरै मात्र बजारमा आएको पञ्चेबाजा गीत बेहुला बेहुली को । लगनको महिना लागे संगै गुल्मेली कलाकारहरुकाे गुल्मीकै बिभिन्न रमणिय ठाउँहरुमा छायाँकन गरिएको पञ्चेबाजा गीत बजारमा आएको छ ।
हमाल म्युजीकको प्रस्तुतीमा पुष्कर पराजुली र अन्शु आचार्यको बिहेका आधारित गुल्मी जिल्लाको अर्जैमा जन्मनु भएका कलाकार किसान चन्द्र गौतमको पञ्चेबाजा गीत बेहुला बेहुली बजारमा आएको हो ।
नेपाली लोक सांगीतिक क्षेत्रमा निकै अभिरुची र सम्भाबना बोकेका कलाकार पुष्कर पराजुलीको विहेलाई प्रत्यक्ष रुपमा खिचिएको गीत निकै आकर्षक बनेको छ ।
पञ्चेबाजा गीत पुष्पा पाण्डे पोखरेलको शब्द, जिबन गिरीको लय अनि देवि घर्ती, स्मृति शाही, किसान चन्द्र गौतम र जिबन गिरीको आबाजमा सजिएको छ ।
गीतको भिडिाये निकै आकर्षक बनेको छ । नेपाली हास्य क्षेत्रमा पछिल्लो समयमा आफ्नो बेग्लै पहिचान बनाएका हास्य कलाकार यादव देवकोटा सरापे र मोडल बविता श्रेष्ठको अभिनयले पनि गीत झनै राम्रो बनेको छ ।
हमाल म्युजीकको आधिकारीक युट्युव च्यानल मार्फत बजारमा आएको गतिको भिडियोमा निर्देशन कुमार केसी, सम्पादन सुजन शाही र छायाँकन महेश महराको रहेको छ ।
गीतको भिडियो हेर्नुहोस –













