बुटवल । रुपन्देहीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १५१ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकामा १/१ जना रहेका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८२८ पुगेको छ । हाल जिल्लामा ५४५ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै, रुपन्देहीमा कोरोना जित्नेको संख्या २६ हजार ८०८ पुगेको छ ।
रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन् ।










