प्रख्यात भारतीय धावक मिल्खा सिंहको निधन

प्रकाशित मिति:

काठमाडौं, असार ५ । प्रख्यात भारतीय धावक मिल्खा सिंहको निधन भएको छ। गएराति भारतको चंडीगढस्थित अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसको संक्रमण भएपछि ९१ वर्षीय सिंहलाई पीजीआईएमईआरमा भर्ना गरिएको थियो।स्वास्थ्य अवस्था बिग्रिएसँगै उनको शुक्रबार राति पौने १२ बजे निधन भएको जनाएको छ।

उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। एक महीना अघि कोरोना देखिएका उनलाई दुई साता अघि सन्चो लागेको थियो। अहिले भने कोरोना नेगेटिभ आइसकेको थियो।फेरि स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो। उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन। पाँच दिनअघि उनकी पत्नी निर्मल मिल्खा सिंहको कोरोना संक्रमणबाट निधन भएको थियो। उनको पनि आईसीयूमा राखेर उपचार चलिरहेको थियो।