उपत्यकामा निषेधाज्ञा एक साता थपियो, निजी सवारी जोर-विजोर प्रणालीमा चल्ने

प्रकाशित मिति:

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गर्ने  निर्णय गरेकाे हाे ।

थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिइनेछ । यस्तै, ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइने भएको छ । आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय बैठकले निर्णय गरेको छ ।

यस्तै, सोमबार, बुधबार र शुक्रबार ११  बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइने निरौलाले बताए । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू यसअघि कै प्रावधान अनुसार बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ।