कर्णालीका सांसदलाई पुनर्बहाली गर्ने सर्वाेच्चकाे आदेशविरुद्ध ओलीको निवेदन

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका सांसदको पुनबर्हालीको सर्वोच्चको अन्तरिम आदेशविरुद्ध पुनरवलोकन निवेदन (भ्याकेट) दर्ता गरेका छन् । निवेदन आइतबार दर्ता गरिएको अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए । निवेदनको पेशी मंगलबार तोकिएको उनले बताए ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारबाही अस्वीकार गर्दै कर्णालीका चार सांसदहरूको पुनर्बहाली गरेको थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेपछि एमालेले कारबाही गरेको थियो ।उनीहरूमध्ये तीन जना कर्णली सरकारमा मन्त्री छन् ।