नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण, २५१८ निको

प्रकाशित मिति:

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २९ हजार ४३१ र एन्टिजेनबाट २९ हजार ९३४ जना पुगेको छ ।

यस्तै, आज थप २५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ । आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ९१८ पुगेको छ ।