टी २० विश्वकप युएईमा १७ अक्टोबरदेखि शुरुहुने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मंगलबार १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म प्रतियोगिता आयोजना गर्ने गरि मिति सार्वजनिक गरेको हो ।यसअघि भारतमा तय भएको टी २० विश्वकप कोरोना महामारीका कारण युएईमा सारिएको हो । सोमबार मात्रै बीसीसीआईले युएईमा टी २० विश्वकप आयोजना गर्नु पर्ने निर्णय गरको थियो ।
टी २० विश्वकपको आयोजकमा भने भारत नै रहने गरि आईसीसीले निर्णय गरेको छ । टी २० विश्वकपका खेलहरु दुबई अन्तर्राष्ट्रिय स्टेडियम, अबुधावीमा रहेको शेख जायद स्टेयिम र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुने छ ।
पहिलो चरणमा आठ टिमले क्वालिफायिङ गर्ने छन् ।
यसमा ओमान र युएईपनि रहेका छन् । आठ टिमबाट चार टिम छनोट भएपछि सुपर १२ को दौडमा समावेश हुने छन् । यसअघि २०१६ मा भएको विश्वकपमा इंग्ल्याण्डलाई पराजित गर्दै वेस्टइन्डिजले उपाधि जितेको थियो ।सुपर आठको दौडमा भने बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् ।









