राम प्रसाद भण्डारी / मङ्सिर १६ बुटवल । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले प्रदेशलाई अधिकारविहीन एबम कमजोर बनाएको बताएका छन् । केन्द्रले प्रदेशलाई अधिकार नदिँदा प्रदेश को कार्यशैलीमाथि प्रश्नै प्रश्न खडा भएको बताए ।
नेपाल प्रेस युनियन रूपन्देहीले आईतवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै शाहले जिल्ला प्रशासन, प्रहरी प्रशासन प्रदेश सरकारको पूर्ण स्वामित्वमा आउनुपर्ने बताए । पूर्व अर्थराज्यमन्त्री समेत रहेका शाहले भने, `देशको गत सुस्त हुनुका साथै देशमा उत्पादन तथा निर्यात सुन्य हुनाले नेपालीहरु मारमा परेको बताए ’ ।
उनले सरकारले एनसेल बाट ६२ अर्ब लाभकर उठाउन पर्ने भएतापनी जम्मा २४ अर्ब उठाएको र वाइड बोडी बिमान खरिद गर्दाको अनियमितता छानबिन भईरहेको समेत बताए । उनले समिती जहिले पनि सरकारको प्रतिपक्ष हुने हुँदा निरन्तर खबर्दारी गरी अगी बढ्ने समेत बताए । नेपाली कांग्रेस रुपन्देहीका युवा नेताहरु एबम रुपन्देहीका अग्रज पत्रकार सम्मिलित कार्यक्रममा युनियनका सभापति रेखा भुसालको सभापतित्व र सहसचिव कल्पना तिवारीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।












