प्रधानन्यायाधीशको प्रश्न- पार्टी फुट्न त संसद नै छैन, अनि कसरी फुट्छ ?

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी छ ।आजका बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद् नभएका बेला पार्टी फुट्न सक्छ भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्रीका कानुन व्यवसायीलाई राणाले सो प्रश्न गरेका हुन् ।

वरिष्ठ अधिवक्ता टंक दुलालले पार्टी नफुटेको अवस्थामा अर्को दलको नेतालाई समर्थन गर्न नमिल्ने तर्क गरे । त्यसपछि ‘पार्टी फुट्न त संसद नै छैन, अनि कसरी फुट्छ ?’ भन्दै राणाले प्रश्न गरे ।

जवाफमा वरिष्ठ अधिवक्ता दुलालले केन्द्रीय समितिको निर्णयको आधारमा पार्टी फुट्न सक्ने बताए।