विश्वको ‘नम्बर वान’ टोली बेल्जियमसँग भिड्दै इटाली

प्रकाशित मिति:

काठमाडौं । युरोकप फुटबलको दोस्रो क्वाटरफाइनल खेलमा आज (शुक्रबार) राति बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । १६ औँ संस्करणको प्रतियोगिताका उपाधि दाबेदार टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।जर्मनीकोे एलिनाज स्टेडियममा हुने बेल्जियम र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यो संस्करणमा अपराजित रहेका दुवै टोलीको यो पहिलो परीक्षा हो ।

हालसम्म दुवै टोली समूह चरण र प्रि–क्वाटरफाइनलको खेलमा अपराजित छन् । त्यसैले आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ ।आजको खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा छन् । फिफा बरीयताको शीर्ष स्थानको बेल्जियमले साबिक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।इटाली फिफा बरीयताको दशौँ स्थानमा छ ।

बलियो इटालीसँग खेल्दा बेल्जियमलाई सहज छैन । इटालीविरुद्ध बेल्जियमका प्ले मेकर केभिन डे ब्रुएना र कप्तान तथा विंगर इडेन हाजार्डले खेल्ने सम्भावना कम छ ।अष्ट्रियालार्य हराउँदै क्वाटरफाइनलमा पुगेको इटाली आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । इटाली प्रतियोगिताको उपाधि दावेदार टोली हो ।इटाली शीर्ष वरीयताका टिमविरुद्ध पनि आफ्नो लयलाई कायम राख्न चाहन्छ । दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।