६ महिना पछि धकेलियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

प्रकाशित मिति:

१९ असार, काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्न थप ६ महिना लाग्ने भएको छ ।असार मसान्तभित्र सक्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण यो आयोजना निर्धारित समयमा पूरा हुन नसकेको आयोजनाको भनाइ छ । चालू आर्थिक वर्षमा विमानस्थल निर्माणको कामले गति लिए पनि कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा काम नरोकिए पनि ५०० जनाले काम गरिरहेकामा घटेर २०० जनाले माग काम गरिहेका थिए । आयोजनामा ३०० जना हाराहारी चिनियाँ जनशक्ति आवश्यक भए पनि निषेधाज्ञाका कारण १६६ जनाले मात्र काम गरिरहेका छन् ।आयोजनामा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेको छ । २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बरमा सुरु भएको विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन ९यात्रु जहाजमा चड्ने र ओलेने स्थान०, नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्गमिटरमा बन्ने छ । ८ हजार वर्गमिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार वर्गमिटर आन्तरिक उडानका लागि प्रयोग हुनेछ ।