नेपाली कांग्रेसका युवा नेता क्षेत्री द्धारा जन्मोत्सवका अवसरमा स्वास्थ्य सामाग्री वितरण
स्याङ्जा,। नेपाली कांग्रेसका युवा नेता ईन्जिनियर दिपेन्द्र क्षेत्रिले आफ्नो जन्मदिनका अवसरमा गृह जिल्लाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । उहाले जन्मदिनको अवसरमा विभिन्न गाउपलीका तथा नगरपालिकाका स्वास्थ्य केन्द्र, तथा अस्पतालहरुलाई मास्क, पिपिई हस्तान्तरण गरेको वताउनु भयो ।

यस भन्दा अघी पनी उहाले सामााजीक काम गर्दै आउनु भएको छ । कारोना महामारीमा पनी फन्ट लाईनमा रहेर काम गर्ने पत्रकार सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीसक्नु भएको छ केही समय अगाडी विभिन्न क्लवहरुमा खेलकुदका सामाग्री पनी हस्तातरण गर्नु भएको थियो ।युवा नेता ईन्जिनियर क्षेत्रिले अर्जुनचौपारी गाउँपालिका , गह्रौँ प्राथामिक अस्पताल वालिङ , कालिका सामुदायिक अस्पताल ,कालीगण्डकी गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधी गुरुप्रसाद भट्टराई, भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण, भीरकोट १ का वडा सदस्य पुर्ण केसी,नेका भिरकोट ७ का सभापती भवि कोईराला ,भिरकोट उधोग वाणीज्य संघ उपाध्यक्ष भेषराज अर्याल , नेविसंघ स्याङ्जा काठमाडौँ सम्पर्क समितिका उपसभापति सरोज पौडेल, तरुण जिल्ला सदस्य तारा अर्याल, भीरकोटका तरुण अध्यक्ष राजकुमार गुरुङ, नेपाल विद्यार्थी संघ स्याङ्जा–काठमाडौ सम्पर्क समितिका उपसभापती सरोज पौडेल, कालीगण्डकी तरुण अध्यक्ष सुन्दर पाण्डे, नेविसंघ नेता विश्वास लम्साल, सन्दीप कंडेल, तरुण नेता लक्ष्मण श्रेष्ठ , विशाल पंगेनी , शिव पंगेनी, लक्ष्मण विश्वकर्मा, सुरेश खांण , रुद्र ढुङ्गाना, ज्ञानु न्यौपाने , अशोक थापा , शंकर न्यौपाने , भिरकोट जेसीजका अध्यक्ष परशु मगर , जेसी शव खनाल लगायतको सहभागिता थियो । क्षेत्रि नेपाल विद्यार्थी संघ स्याङ्जा–काठमाडौ सम्पर्क समितिका सभापति समेत रहनुभएको छ ।










