काठमाडौं-सबैको नजर कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा छ । आज दुई देश अर्जेन्टिना र कोलम्बियाबीच कडा प्रतिस्पर्धा हुँदैछ । ब्राजिलमा हुने खेल अहिले केहीबेरपछि सुरु हुँदैछ । आजको विजेताले उपाधिका लागि फाइनलमा ब्राजिलसँग खेल्नेछ । मंगलबार पेरुलाई हराउँदै ब्राजिल फाइनल पुगिसकेको छ ।









