काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृदयघात भएको छ।
ललितपुरको नख्खुस्थित एनसेन टावरमा भएको बम आक्रमण प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेता ओलीलाई शुक्रबार दिउँसो हृदयघात भएको हो।
साइलेन्ट हर्ट अट्याकु भएपछि नेता ओलीलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ। ओलीको अहिले गंगालाल अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।








