भारत-श्रीलंका सिरिज जुलाई १८ बाट हुने

प्रकाशित मिति:

एजेन्सी। भारत र श्रीलंकाबीच हुने लिमिटेड ओवरको सिरिज जुलाई १८ देखि २९ गतेसम्म हुने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नयाँ तालिकालाई आधिकारिता दिएको हो ।

श्रीलंकामा कोरोना फैलिएपछि जुलाई १३ बाट हुने भनिएको सिरिज रोकिएको थियो। यो सिरिजमा तीन वटा एक दिवसीय खेल र टी-२० खेल हुनेछ।