शेर बहादुर देउवाका ज्योतिष सुरेश चन्द्र रिजाल भन्छन्, “देउवाले विश्वासको मत पाउँछन”

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिको परमादेश दिए संगै देउवाका ज्योतिष सुरेश चन्द्र रिजालको चौतर्फी खोजी हुन थाल्यो ।

प्युठानमा बसिरहेका ज्योतिष सुरेश चन्द्र रिजाल रातारात काठमाडौं आएर र बुढानिलकण्ठ पुगेर भने, शेर बहादुर देउवाले विश्वासको मत पनि पाउनु हुन्छ ।

ज्योतिष सुरेश चन्द्र रिजालले  भने, शेर बहादुर देउवाले विश्वासको मत पाउनु हुने योग छ । जसले अहिले शेर बहादुर देउवालाई विश्वासको मत दिएर साथ दिन्छन् वहाँहरुलाई पनि फलिफाप हुने योग छ । देउवा जीले एक महिना पनि कुर्नु नपर्ने देखिन्छ विश्वासको मत लिन ।