नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रीमा बि.सी. बुटवल असार ३१ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३१ गते बुटवलमा सम्पन्न भएको छ ।कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि रमिा बि.सीले रुपन्देही जिल्लामा ६ महिनामा संकलित घटनाहरु प्रस्तुत गर्नुभएको थियो । जिल्लामा ०७७ पुस १६ गतेदेखि असार ३० गनेसम्म २ सय ८० ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु अभिलेख गरेको छ ।

जसमध्ये महिला बलात्कारका १४, बलात्कार प्रयासका ३, बालिका बलात्कारका २६,यौन दुरव्यवहारका ८ गरी ५१ ओटा, मानव बेचविखन तथा ओसार पसार एक परिवारबाट हत्याका तीन,बहुविवाहका दुइ र घरेलु हिंसाका २ सय १५, नागरिक तथा राजनीतिक अधिकार दुई ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र प्रबद्र्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो ।निमित्त प्रमुख आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तकले नागरिक तथा राजनीतिक अधिकारलाई मात्र नहेरी आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारका सवालहरुलाई समेटनुपर्ने भन्दै इन्सेकका आगमी वर्ष पुस्तकमा मानवअधिकारको सीमा रेखा छुट्टाएर अगाडी बढनुपर्ने सुझाव दिनुभयो ।
आचार्यले इन्सेकले आगाम िवर्षको वर्ष पुस्तकमा अक्सिजन नपाएर मर्नुपरेका नागरिकको घटनालाई पनि वर्ष पुस्तकमा समेट्नु पर्नेमा सुझाब दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले इन्सेकको मानवअधिकार वर्ष पुस्तकले हाम्रो समाजको यथार्थ अवस्थाको चित्रण गरेको बताउनुभयो ।उहाँले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि आएको जस्तो देखिएता पनि घरमा घरमा हुने घरेलु हिंसाका घटना अझै बाहिर आउन नसकेको बताउनुभयो ।शर्माले हाम्रा कानूनहरु व्यवहारिक नभएकोले पनि यस्तो आएको बताउँदै कार्यान्वयन हुन नसक्ने कानूनको अर्थ नरहेको बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले इन्सेकको मानवअधिकार वर्ष पुस्तकमा स्थानीय न्यायिक समितीमा आएका घटनाहरुको पनि अभिलेख राख्न सुझाव दिनुभयो । उहाँले आत्मा हत्याका घटनाहरुलाई पनि कसरी सम्बोधन गर्न सकिन्छ सो विषयमा पनि इन्सेकले अभिलेख गर्दा सबै सवालहरु समेटिने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान उपाध्यक्ष दिनेश पाण्डेले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दे आएको र इन्सेकले मानवअधिकारको सवालमा महिनामा एउटा छलफल गर्ने वातावरण श्रृजना गरेर अगाडी बढन सुझाब दिनुभयो ।
विश्लेषक तथा अधिवक्ता युवराज कंडेलले नागरिकको आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारहरुको प्राप्ति नहुादासम्म मानवअधिकारको सुििनश्चित हुन नसक्ने बताउनुभयो ।मानवअधिकार वर्ष पुस्तकले वातावरणको अधिकारलाई पनि समेटन सुझाब दिनुभयो । उहाँ बालबालिकाहरुको आफुले शिक्षाको अधिकार उपभोग गर्न नपाएको र स्थानीय सरकार पनि सो विषयमा खासै वास्ता नगरेको बताउदै वर्ष भरी पढेर परीक्षा दिन नपाएको कारण पनि बालबालिकाहरु डिप्रशनमा फस्ने गरेकोले यस्ता विषयहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा इन्सेकलाई आग्रह गर्नुभयो ।

नागरिक संवाद केन्द्रका प्रमुख अभिवक्ता हेमा न्यौपानेले इन्सेकले समाजमा घटेका घटनाहरुको विषयमा अभिलेख गरेर असाध्यै महत्वपूर्ण काम गरेको बताउनुभयो ।मानवअधिकार संजाल,रुपन्देहीका अध्यक्ष समुद्र जिसीले इनसेकले मानवअधिकारको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कोभिडको खोपका लागि लाइनमा बसेर खोप लिन नपाई फर्कनुपरेका जेष्ठ नागरिकहरुको सवाललाई पनि इन्सेकलाई अभिलेख गर्न आग्रह गर्नुभयो ।उहाँले पछिल्लो समय टिकटकका नाममा हुने विभिन्न खालका अश्लीन तस्वीरहरुले पनि समाजमा विकृत्ति ल्याएको र यसले कतै यौनजन्य क्रियाकलापलाई बढाएको भन्दै त्यस्ता विषयमा पनि सचेतिकरण गर्न इनसेकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संचारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले मानवअधिकार वर्ष पुस्तकले बालविवाहका घटनाहरुको पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार निगरानी समूह सुद्धोधनका सचिव मोति थापाले समाजमा नागरिकको खाद्यअधिकारको अवस्था नाजुक भएकोले सो विषयमा पनि इन्सेकले निरन्तर अनुगमन गरी सरकारलाई खवरदारी गर्नुपर्ने बताउदै निगरानी समूहले सो कार्य गर्दे आएको बताउनुभयो । सोही अवसरमा गुल्मीमा झाफुकका नाममा डामेर मृत्युभएका मृतकका तीन छोराछोरी सुद्धोधनमा रहेको र ती बालबालिकालाई १२ कक्षासम्म आफुले निशुल्क अध्ययापन गराउने घोषणा समेत गर्नुभयो ।कार्यक्रममा मानवअधिकार निगरानी समूह बुटवलका अध्यक्ष कमला भण्डारी र जिल्ला सहजकर्ता विष्णु घिमिरे लगायतले मानवअधिकारको अवस्थाका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।