विश्व साइकल यात्री पुश्कर शाह सैनामैनामा,साइकलद्धारा भोली सैनामैनामा परिक्रमा गरिदै
सुरेश परियार,१ साउन- सैनामैनामा साइकलद्धारा सैनामैना परिक्रमा गरिने भएको छ । साइकल साथी सैनामैनाको आयोजनामा सैनामैना कोरा २०२१ आयोजना गरिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।साइकलको माध्यमबाट प्राकृतिक,सिमसार क्षेत्र,पर्यटकीय एवं धार्मीक स्थलको पहिचान प्रबर्धन गर्न भोली सैनामैना कोरा २०२१ गरिने साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए ।
देशभरि नै गरिने कोरा सैनामैनामा पनि गरिने बताउदै यो अभियानलाई सफल बनाउन सबैलाई अपिल समेत अध्यक्ष रानाले गरे । सैनामैनाको मुर्गिया स्थित लुम्बिनी गेटबाट सुरु भएको साइकिलिङ यात्रा सैनामैनाको रिङरोड लाई आधार मानेर करिब ५४ किलोमिटर परिक्रमा गरिने छ । यात्रामा ७० जना भन्दा बढि साईकिलिष्ट र ३० बढि स्वंयसेवकहरुको सहभागिता रहने छ ।सोही अवसरमा साईकिलिष्टहरुको प्रयोगका लागी जर्सी सार्वजनिक गरिएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित १ लाख ५० हजार लाग्ने बताईको छ ।
कोराको ईभेन्टलाई सैनामैनाका मेयर चित्र बहादुर कार्कीले उद्घाटन गर्नुहुनेछ भने विश्व साइकल यात्री पुश्कर शाहको पनि विशिष्ट आतिथ्यता रहनेछ । सैनामैनाको बाबरी पार्टि प्यालेसमा भएको पत्रकार सम्मेलन साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाको अध्यक्षा तथा विश्व साइकल यात्री पुश्कर शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा साइकल साथी सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोबिन्द ज्ञवालीको स्वागत तथा सचिब विष्णु गौतमको सञ्चालनमा कार्यक्रम भएको हो ।









