मेस्सी र रोनाल्डोलाई हराउँदै मोड्रिच बने विश्वकै सर्वोत्कृष्ट खेलाडी

प्रकाशित मिति:

एजेन्सी – रियल म्यड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडी बन्दै प्रतिष्ठित बालोन डीओर अवार्ड जितेका छन् ।

यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए । उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।

सन् २००७ मा पूर्वब्राजिल र एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन् । लगातार दश वर्षसम्म मेस्सी र रोनाल्डले ५–५ विश्वको सर्वोत्कृष्ट खेलाडी बन्दै बनाएको साम्राज्यलार्इ मोड्रिचले ढालेका हुन् । रोनाल्डो अवार्डको दोस्रो स्थानमा आए भने मेस्सी पाचौँ स्थानमा आए ।