काठमाडौं– प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाटै विश्वासको मत लिन तयारी गरेका छन् । देउवाले यसको लागि परामर्श गरिरहेकाछन् । कांग्रेस नेता तथा सांसद मोहन पाण्डेयले विश्वासको मतको सुनिश्चितता हुना साथ विश्वासको मत लिने बताए ।
‘आजै भन्ने छैन, विश्वासको मत पाउने सुनिश्चता हुनासाथ ३० दिन भित्र जहिले पनि लिने नै हो’ उनले भने, ‘त्यो संभावना आज पनि छ, शिर्ष तहमा कुराकानी भइरहेको छ ।’उनले विश्वासको मत दिनको लागि एमालेको माधव नेपाल समूहको प्रतिवद्धता खोजेको बताए । सभामुख अग्नि सापकोटाले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्









