मसँग दुईचारजनाको झुन्ड होइन, देशको सबैभन्दा बढी जनसंख्या छ : ओली

प्रकाशित मिति:

काठमाडौं, साउन १० : एमाले अध्यक्ष केपी ओलीले आफ्नो साथमा दुुईचारजनाको झुन्ड नभएर देशको सबैभन्दा बढी जनसंख्या रहेको जिकिर गरेका छन्। अखिल नेपाल महिला संघद्वारा आज ९आइतबार० भर्चुअल रूपमा ओयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, ‘मेरो साथमा, एमालेको पक्षमा कुनै दुईचारजनाको झुन्ड होइन, देशको सबभन्दा बढी जनसंख्या छ।’

ओलीले एमाले कुनै गुन्डा दल नभएर मुहार फेर्ने अभिभारा बोकेको एउटा परिपक्व राजनीतिक पार्टी भएको बताए। उनले अन्तरघातीलाई नंग्याएर पार्टीलाई ध्वस्त पार्नबाट बचाउनुपर्ने धारणा व्यक्त गरे।उनले नेता नेपालबाट पार्टी एकताको कुनै आशा नगरिएको संकेत गरे। नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किए आउन आग्रह गरे।

‘आन्दोलनलाई कमजोर पार्ने क्रियाकलापहरू भए । जो अपराध कर्मको नेतृत्व गरिरहेका छन्, त्यस्ताका सवालमा मैले धेरै पटक भनिसकें, अब आशा र विश्वास पनि छैन,’ ओलीले भने, ‘त्यस्ता तत्त्वबाहेक देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, यो एकदुई जनाले बनाएको पार्टी होइन । हामी सबैको पसिना मिसिएको छ