काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय साउन ११ देखि २० गतेसम्मको लागि थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई अगाडिकै प्रावधानलाई निरन्तरता दिँदै निषेधाज्ञालाई निरन्तरता दिन थालिएको हो ।
यी संचालन हुनेछन् :
–औषधि व्यवसाय निर्वाध रूपमा संचालन हुने ।
– खाद्यान्न फेन्सी, स्टेशनरी लगायतका पेशा व्यवसाय साँझ ७ बजेसम्म संचालन गर्न पाइने ।
– अत्यावश्यक अनलाइन अर्डर, रेष्टुरन्ट एवं फास्टफुड तथा अर्डर टेक अवे मार्फत होम डेलिभरी गर्ने गरि उपत्यकामा ७ बजेसम्म डेलिभरी गर्ने ।
– उपत्यकामा सार्वजनिक सवारी साधानको हकमा कुल स्वीकृत सीट क्षमतामा संचालनमा ल्याउने ।
– सफा टेम्पो र निलो माइक्रोले ९ जना यात्रु लिएर संचालनमा ल्याउन पाउने ।
–अत्यावश्यक अवस्थामा उपत्यका भित्रिएका सवारी साधनलाई आवतजावत गर्न दिने ।
–निर्माण ढुवानीका साधन राती ९ बजे देखि बिहान ५ बजेसम्म संचालन गर्ने ।
परीक्षा के हुन्छ ?
– २५ जना भन्दा बढी भेला नहुने गरि सामाजिक दुरी कायम गर्दै सुरक्षाका मापदण्ड अपनाएर गरेर परीक्षा संचालन गर्ने , त्यस भन्दा बढी भए सिफ्ट छुट्याउने ।










