आवश्यक सामग्री (चार जनाको लागि) मकैको पिठो — १ के.जी. लसुन — १ पोटी पिसेको ,अदुवा — १० ग्राम (पिसेको), जिराको धूलो — आधा चम्चा (सानो चम्चाको)
बनाउने विधि : सबै मसला र नुन राखेर फुकै पिठो राम्ररी मोल्ने । सुख्खा रोटी बेल्ने जस्तै तर नरम बनाउने र आधा घण्टा छोपेर राख्ने ।केराको पातमा घिउ दल्ने र मुछेको पिठोलाई चारवटा बराबरीको डल्ला बनाउने ।पातमा पिठो राखेर एक इन्च मोटाई बनाई फिजाउने र माथिबाट पातैले छोपिदिने ।चुल्होमा तावा बसाउने, रोटी राखेर सानो आँच बनाई माथिबाट मिल्ने गरी पिलेटले छोपिदिने । पाँच मिनेट पाकेपछि फर्काउने र पाँचै मिनेट पाकेपछि छेउबाट हेर्ने ।
पाकेको भए झिकिदिने । यो स्वास्थ्यको लागि ज्यादै हल्का र पौष्टिक हुन्छ । यसमा पुदिनाको ताजा अचारसँग खाँदा स्वादिष्ट बन्दछ । यो डायविटिज र अन्य विभिन्न विरामीको लागि ज्यादै उत्तम खाना हो । विरामीलाई खुर्सानी नराखि बनाउनु पर्दछ । केराको पात नभएमा सालको पातमा पनि बनाउन सकिन्छ । साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट












