गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं, साउन ११ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।गृहमन्त्री खाँणलाई भेट्न आज सोमबार राजदूत बेरी मन्त्रालयमै पुगेका थिए। भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको जनाइएको छ।

मन्त्री खाँणलाइ बधाई दिँदै राजदूत बेरीले नेपाल-अमेरिका सम्बन्ध सुदृढ रहनेमा विश्वास व्यक्त गरे। उनले नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने पनि बताए।मन्त्री खाँणले पनि सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने रहेको बताएका थिए। कोरोना विरुद्धको लडाइँमा अमेरिकाले गरेको सहयोगप्रति उनले आभार पनि प्रकट गरे।