भौतिक उपस्थितिमा सैनामैनाका केही विद्यालय सञ्चालनमा,नगरपालिका भन्छ,तुरुन्त बन्द गर्नुहोस्
सुरेश परियार,साउन १९ गते – नगरभित्र विधार्थीहरुको उपस्थितिमा केही विद्यालय सञ्चालन भएसंगै कोरोना संक्रमण बढ्ने आंकलन गरिएको छ ।सैनामैना नगरपालिका अन्र्तगत केही सरकारी तथा निजि विद्यालयले निषेधाज्ञाको अवज्ञा गर्दै विधालय सञ्चालनमा ल्याएका छन् । विधार्थीहरुको स्वास्थ्य प्रति विद्यालय संवेदनशिल नभएको अभिभावकको गुनासो रहेको छ ।
महामारीको रुपमा फैलिएको कोभिड १९को तेस्रो भेरियन्टले सवै उमेर समुहलाई संक्रमण गर्ने स्वास्थ्य विज्ञको भनाई छ ।तर,कोरोना फैलिएको अवस्थामा भौतिक दुरी भन्दै विद्यार्थीहरुलाई बोलाएर पठनपाठन गरेको पाइएको हो । सम्बन्धीत निकायको अनुगमन फितलो हुदाँ कतै विधार्थीहरुको स्वास्थ्यप्रति गम्भीर असर त पर्ने होइन भन्दै अभिभावक चिन्तित बनेका छन् । अभिाभावक भन्छन अंटेरी विधालयले निर्वात रुपमा विधालय सञ्चालन गरेका छन् न भौतिक दुरी छ न त मास्क तथा सेनेटाईजर नै ।
के भन्छ सैनामैना नगरपालिका ? चौतर्फीक अभिभावको गुनासो आए पछि नगरपालिकाले मुख खोलेको छ । केही विद्यालयहरुले विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरेको भन्दै निषेधाज्ञाको अवज्ञा नगर्न नगरपालिकाले आदेश गरेको हो । विद्यार्थीको भौतिक उपस्थितिमा गरिने पठनपाठन तुरुन्त बन्द गरी बैकल्पिक माध्यमहरुबाट पठनपाठन गर्न सैनामैना नगरपालिकालेसवै विधालयलाई निर्देशन गरेको हो ।












