नवीन औधोगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर मा कक्षा ११ र १२ विज्ञान समूह र व्यवस्थापन समूहका शिक्षकहरु बिचको मैत्रीपुर्ण खेल शुक्रबार सम्पन्न भयो । उक्त फुटशल प्रतियोगिता विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल प्रमुख आथित्यतामा, शिक्षक दिपक ज्ञवालीको सञ्चालनमा सम्पन्न मैत्रीपूर्ण खेल ग्रीनर्फिल्ड फुटशल देवीनगरमा सम्पन्न खेलमा व्यवस्थापन समूहका टिम क्याप्टेन अर्जुन खनालको टिमले ४ गोल र विज्ञान समूहका लक्ष्मी नारायण चौधरी टिम क्याप्टेन भएको समूहले २ गोल गरेको थियो ।

उक्त खेलमा म्यान अफ द म्याच अर्जुन खनाल, गोल्डन बुट खगराज घिमिरे र बेस्ट किपर बरुण ज्ञवालीले प्राप्त गर्नुभएको थियो ।
विद्यालयमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन अन्तर्गत होटल व्यवस्थापन, शिक्षा र कानुन समूह अध्यापन हुने गर्छ ।










