कपिलवस्तु । सडक दुर्घटनामा परि मृत्यु भएका कपिलवस्तुको शुद्धोधन गाउंपालिका ३ असुरैनाका सत्तन कोहारको परिवारलाई जनता समाजवादी पार्टीले राहतस्वरुप खाद्यान्न र आर्थिक सहयोग गरेको छ । अत्यन्त विपन्न उक्त परिवारलाई जसपाले डेढ महिनालाई पुग्ने खाद्यान्न लगायत जिन्सी सामान र आर्थिक सहयोग गरेको हो ।
पार्टीका नेताहरु पुर्व मन्त्री दानबहादुर चौधरी, जसपा प्रदेश अध्यक्ष अशोक यादव, शुद्धोधन गाउपालिका अध्यक्ष इसहार अहमद खान, जसपा बिपद ब्यवस्थापन समिति प्रदेश संयोजक हरी घर्ति मगर मृतकको घरमै पुगेर राहत प्रदान गरिएको जसपा विपद् व्यवस्थापन समिति रुपन्देही संयोजक रविकुमार रौनियारले बताए । सो कार्यक्रममा गाउंपालिका अध्यक्ष खानले पीडित परिवारको घर पुनःनिर्माण गरिदिने घोषणा गरेका छन् । यसअघि जसपाको विपद् व्यवस्थापन समितिले रुपन्देहीमा पनि विपन्न परिवारलाई सहयोग गरेको थियो ।









