इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुखको दुर्घटनाबाट निधन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन २६ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको दुर्घटनाबाट निधन भएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट चौकी देखि करिव २ सय मिटर पूर्व राजमार्गमा पैदल हिड्ने क्रममा करिव ८ बजे राती लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र वाग्ले गम्भीर घाइते हुनु भएको थियो र उहाँलाई उपचारको लागी भैरहवा मेडिकल कलेज लगिएको थियो ।

वाग्लेलाई ठक्कर दिने मोटरसाईकलमा सवार दिपेन्द्र पुन मगर पनि घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । ठक्करदिने मोटर साईकल सवार सुनवल–१ प्रगतीटोलका दिपेन्द्र पुन मगर रहेको र उहांलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनुभएका वाग्लेको उपचारका क्रममा हिजो राती १२ बजे भैरहवा मेडिकल कलेजमा निधन भएको हो ।