पश्चिम नवलपरासीमा तपाईको माक्स खै अभियान

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी ।

साउन २८ गते
पश्चिम नवलपरासीमा “म पनि मास्क लगाउछु , अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु” भन्ने नारा सहित परासी बजारमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ ।

सरकारले शनिबारदेखि सुरु गरेको उक्त अभियानलाई साथ दिँदै पश्चिम नवलपरासीमा नेपाल मास्क अभियान सुरु गरिएको छ । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यले जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल मास्क अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत बुधबार जिल्लाको सदरमुकाम परासीमा ‘नेपाल मास्क अभियान, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु लेखिएको ब्यानरसहित जिल्ला प्रशासन, नेपाल प्रहरी, रामग्राम नगरपालिका, उद्योग बाणिज्य संघ, रामग्राम प्याब्सन, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब अफ नवलपरासी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीसहित परासीबजारमा सचेतनामूलक र्‍याली निकालिएको छ । कार्यक्रम सोही अवसरमा बजारमा रहेको नगरिकलाई मास्क वितरण समेत गरिएको छ ।
नगरपरिक्रमा पछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र स्यानिटाइजर, साबुनपानीले हात धुन र घरबाहिर हिँड्दा भौतिक दूरी कायम गर्न सिकाउनु सम्पूर्ण संघसंस्थाहरू दायित्व भएकाले यस अभियानमा लाग्न अनुरोध गरेका थियो ।