जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष शुक्ला पक्राउ

प्रकाशित मिति:

बुटवल – रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई आज पक्राउ गरिएको जानकारी दिए ।

उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक(पटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

थप समाचार