फिफा विश्व वरीयतामा नेपालको तीन स्थान सुधार

प्रकाशित मिति:

काठमाडौं– फिफा विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको स्थान तीन स्थान माथि पुगेको हो।

यसअघि १७१ औं स्थानमा रहेको नेपाल अहिले १६८ औं स्थानमा छ। पछिल्लो समय नेपालले बंगलादेशमा आयोजित दुई खेलको मैत्रीपूर्ण खेलमा हार बेहोरेर नेपाल फर्किएपछि नेपालको स्थान १७० बाट १७१ मा पुगेको थियो।त्यसपछि गएको चैतमा नेपालले घरेलु मैदानमा कीर्गिस्तान, बंगलादेश नेपालबीच आयोजना गरिएको थ्रि नेसन्स कपमा जित निकालेको थियो। त्यसपछि नेपालले फिफा विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन, र चाइनिज ताइपेईसँग सुधारिएको प्रदर्शन गरेको थियो।

यता इराकसँगको एक मैत्रीपूर्ण खेलमा भने ६–२ गोलको हार बेहोरेको थियो। अहिले नेपाली राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिप र एएफस एसिया कपको अन्तिम चरणको छनोटको तयारी गरिरहेको छ। १० दिनको ब्रेकपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण हिजो बुधबारबाट पोखरामा सुरु भएको छ।