काठमाडौं । प्रेस काउन्सिल नेपालले मिल्दाजुल्दा डोमेनका समाचार पोर्टल सूचीकरण नगर्ने भएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै काउन्सिलले दर्ता भई सूचीकृतका लागि आउने अनलाइनहरूले प्राय मिल्दाजुल्दा नाम, र दर्ता भई सञ्चालित नाम चलेका अनलाइन लगायत मिडियलार्ई आधार बनाई अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्तारमिडिया दर्ता गराई सूचीकरणका लागि आवेदन दिने प्रवृत्ति बढेको भन्दै अब उप्रान्त त्यस्ता डोमेन न्युज पोर्टल सूचीकरण नगर्ने जनाएको हो ।
यस्ता विषयमा विधिवत् हिसाबले नै पहिले सञ्चालन भइरहेका अनलाइन मिडियाबाट पटकपटक गुनासो आउने गरेको काउन्सिलले जनाएको छ ।यसै सन्दर्भमा गत साउन १८ गते बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले दर्ता भई सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्तारमिडिया दर्ता गराई मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने निर्णय गरेको हो ।












