लिस्बन । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईलाई सम्मान गरिएको छ ।
ब्रिलियन्टे हिमालय एशोसिएसन कल्चरल नेपाल पोर्चुगलले सोमबार एक कार्यक्रमका बीच अध्यक्ष राईलाई सम्मान गरेको हो । प्रवासमा रहेर नेपाली पत्रकारिताको विकास र प्रबर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राईलाई नगद ५ सय १ युरो सहित कदर–पत्रले सम्मान गरिएको हो।
लिस्बनस्थित नेपाली दूतावासको सभाहलमा आयोजित कार्यक्रममा राईलाई पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले नगदसहित कदर पत्रले सम्मान गर्नुभयो ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका राई डेढ दशकदेखि युरोपेली मुलुक बेल्जियममा रहेर पत्रकारितामा क्रियाशील रहँदै आउनुभएको छ ।












